१० दिन श्रीलंकामा के गरे प्रधानसेनापतिले?

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्री १० दिने श्रीलङ्काको भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन्।   श्रीलंकाका सेनापतिको निमन्त्रणमा ३ माघमा गएका क्षत्री बिहीबार स्वदेश फर्किएका हुन्।   प्रधानसेनापति क्षत्रीलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। साथै, नेपाली सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो।   नेपाली सेनाका रथीवृन्द, नेपालस्थित श्रीलङ्का तथा थाइल्याण्डका महामहिम…