पाकिस्तानको मस्जिदमा विस्फोट, ३१ जनाको मृत्यु

काठमाण्डु- पाकिस्तानको एक मस्जिदमा विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ। शुक्रबार इस्लामाबादको सिया मस्जिद (इमाम्बाडा) मा आत्मघाती आक्रमण हुँदा ३१ जनाको मृत्यु भएको छ। साथै घटनामा १६९ जना घाइते भएका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार प्रार्थनाको समयमा उक्त विस्फोट भएको थियो । प्रहरी र उद्धार टोली घटनास्थल पुगेका छन् र उद्धार गरिरहेका छन् ।…