खानेपानीमन्त्री यादव र भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री छिरिङबीच भेटवार्ता

काठमाण्डु – नेपालका खानेपानीमन्त्री प्रदीप यादव र भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री ल्योन्पो जेम छिरिङबीच भेटवार्ता भएको छ । ‘इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट’द्वारा आयोजित दोस्रो हिन्दूकुश हिमालय मन्त्रिस्तरीय शिखर सम्मेलनमा सहभागी हुन नेपाल आइपुग्नुभएका मन्त्री छिरिङ र यादवसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भेट भएको हो । भेटमा मन्त्री यादवले नेपाल र भुटानबीच प्राचीन सामाजिक–सांस्कृतिक…