उपेन्द्र द्विवेदी बने भारतको नयाँ सेना प्रमुख

काठमाण्डु–लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेनाको नयाँ प्रमुखमा नियुक्त भएका छन् । यसै महिनाको अन्त्यमा उनी बहालबाला प्रमुख मनोज पान्डेको स्थान लिदैंछन् । द्विवेदी लामो समयसम्म जम्मु–कश्मीरमा कार्यरत थिए । उनी यसै वर्ष फरवरीमा थल सेना उपप्रमुखको पदभार ग्रहण गरेका थिए । त्यसअघि उनी २०२२ देखि २०२४ सम्म जनरल अफिसर कमाण्डिङ–इन–चीफको पदमा कार्यरत थिए ।…