काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् । गृह मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री अर्यालले नवनियुक्त राजदूतलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरे । भेटमा चिनियाँ राजदूत माओमिङले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र २ देशबिचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पुर्याउने महत्वपूर्ण भूमिका…