जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रियसभा अध्यक्ष दाहाल चीन जाने

काठमाण्डु - राष्ट्रियसभा अध्यक्ष नारायण दाहालको नेतृत्वमा एक ठूलो प्रतिनिधिमण्डल चीन जाँदैछ । ‘हिमालय पारि : चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा युशु इन्टरनेशनल नेपाल व्यापार आदानप्रदान शृंखला’ शीर्षक कार्यक्रममा सहभागी हुन अध्यक्ष दाहालको नेतृत्वका ठूलो प्रतिनिधिमण्डल चीन जान लागेको हो । दाहालले नेतृत्व गर्ने प्रतिनिधिमण्डलमा मन्त्रीहरू, राष्ट्रिय सभा सदस्यहरूलगायत करिब २२ जना…