काठमाण्डु – परराष्ट्र मन्त्रालयले इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउन आवश्यक पहल सुरु गरिएको जनाएको छ । मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले जोशीको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन सबै तहबाट प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको हो । मन्त्रालयका अनुसार जोशीको शवको परीक्षण र डीएनए नमूना जाँच इजरायलस्थित सैनिक अस्पतालमा सम्पन्न भइसकेको…