काठमाण्डु-इजरायल र हिजबुल्लाहबीचको लडाइँ बढ्दै गएपछि लेबनानमा कार्यरत नेपालीहरू जोखिममा परेका छन् । हवाई आक्रमण गरिरहेको इजरायली सेना हिजबुल्लाहको नियन्त्रणमा रहेको लेबनानी भूमिमा प्रवेश गरेपछि युद्धको खतरा अझै बढेको छ । गत सोमबारदेखि हिजबुल्लाह र इजरायली सेनाबीच लडाइँ भइरहेको छ । इजरायलको शृङखलाबद्ध हवाई आक्रमणबाट अहिलेसम्म लेबनानमा मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।…