नेपालमा दूतावास स्थापना गर्न क्यानडालाई आग्रह

काठमाण्डु-परराष्ट्रमन्त्री डा अरजु राणा देउवाले क्यानडा सरकारलाई नेपालमा आफ्नो दूतावास स्थापनाका लागि आग्रह गरेकी छिन् । क्यानाडाली विदेशमन्त्री मेलानी जोलीबीच हिजो क्यानाडाको ओटावामा द्विपक्षीय भेटवार्ताको क्रममा उनले सो आग्रह गरेकी हुन् । उनले एसियाका दुई ठूला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूताबास स्थापना गर्नु क्यानाडाका लागि आवश्यक छ भनेर पनि सोचिदिन सो अवसरमा…