बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिकाले १० वर्षे द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवन निर्वाह भत्ता दिने भएको छ । नगरपालिकाले बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवनयापन गर्न सहज होस् भन्ने उद्देश्यले मासिक २ हजार ५०० रुपैयाँ जीवन निर्वाह भत्ता दिन थालेको हो । द्वन्द्वमा शहिद भएका व्यक्तिका श्रीमतीले सरकारबाट भत्ता पाउने तर बेपत्ता पारिएका व्यक्तिको…