फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डु - सरकारले भोलि (फागुन १ गते) जनयुद्ध दिवसको अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा…