सरकारको ‘मधुमास’: प्रचण्डको लटपटले आफ्नै खुट्टा बन्चरो !

समाचार टिप्पणी काठमाण्डु-  प्रतिनिधिसभा सदस्य चुनावको नतिजा सार्वजनिक भएलगत्तैदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू प्रधानमन्त्री हुने संकेत गर्दै आएका थिए । एकपल्ट देशको नेतृत्व गरेर विकासको मोडल देखाउने अभिव्यक्ति प्रचण्डले दिए । प्रधानमन्त्री नियुक्तिको दिन नजिकिँदै गर्दा तत्कालीन गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)…