काठमाण्डु - नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार पनि बस्दैछ। बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। सोमबारबाट सुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ। साेमबार बसेकाे पदाधिकारी बैठकमा पार्टीको संगठनसम्बन्धी विषयमा छलफल भएको थियाे।