काठमाण्डु- भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको प्रस्तावमा सरकारले दुई सचिवको सरुवा गरेको छ । सरकारले मन्त्री श्रेष्ठको प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई सरुवा गरेको हो । जसअनुसार सचिव सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवमा सरुवा गरिएको छ भने ऊर्जा जलस्रोत तथा सिंचाई सचिव केशवकुमार शर्मालाई यातायात मन्त्रालयको सचिवमा…