काठमाण्डु - सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आज संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मंगलबार बसेको परिषद् बैठकले सहमति जुटाउन नसकेपछि आज फेरि बस्न लागेको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अनिवार्य अवकाशमा जाने भएकाले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न परिषद् बैठक…