काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुर्घटनास्थल पोखरा नजाने भएका छन्। सुरक्षा जटिलता थपिनका साथै आफूहरु जाँदा उद्दार प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्णय गरिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए। काठमाडौंबाट साढे १० बजे उडेको उक्त जहाज पोखरामा ११ बजे दुर्घटना भएको थियो। दुर्घटनामा परेका ३२ जनाको शव अस्पतालमा पुर्याइएको छ।