उपसभामुखमा रास्वपाकी इन्दिरा राना मगर निर्वाचित

काठमाण्डु - प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर विजयी भएकी छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा राष्ट्रिय स्वतन्त पार्टीकी सोबिता गौतमले राखेको इन्दिरा रानामगरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । सभामुख घिमिरेका अनुसार उक्त प्रस्तावको पक्षमा १६६ मत, विपक्षमा ९७ मत र मत दिन्नँ भन्नेमा १ मत…