काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका कारण नेपालीहरूले दु:ख पाएको बताएका छन् । शनिबार काठमाण्डुमा आयोजित कार्यक्रममा उनले आर्थिक विपन्नताले रोजगारी सिर्जना, बाटो, अस्पताल र विद्यालय निर्माण र सञ्चालनमा समस्या आएको भन्दै नेपालीहरूले पनि दु:ख पाएको बताए । उनले भने, ‘आर्थिक विपन्नताले गर्दा देश विकास हुँदैन, रोजगारी हुँदैन, बाटोहरू राम्रो बन्दैन,…