पछिल्लो चुनावी परिणामले नेपालका परम्परागत राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रप्रति जनतामा गहिरो असन्तोष रहेको संकेत दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय कुनै सामान्य चुनावी परिणाम नभई जनताको ‘मास विद्रोह’को अभिव्यक्ति हो । यसअघि गरिएको विश्लेषणमा रास्वपा पहिलो शक्ति बन्ने, नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो हुने अनुमान गरिएको…