काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक चितवनको भरतपुरमा शनिबार बस्दैछ । महाधिवेशनको तयारीसँगै रास्वपाले केन्द्रीय समिति बैठक आह्वान गरेको हो। महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार भरतपुरको होटल एमिटीमा दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशनलगायतका एजेन्डामा छलफल हुनेछ। रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि भरतपुरमा सुरु हुँदैछ । महाधिवेशनको तयारी स्वरुप केन्द्रीय समिति बैठक बस्न…