काठमाण्डु - जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम छनोट गरेको छ । बिहीबार बसेको जनमत पार्टीको केन्द्रीय समिति बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । जनमत पार्टीका अध्यक्ष सिके रावतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै निर्वाचित भएका थिए । उनको जितसंगै जनमत पार्टी पहिलो आम चुनावबाटै राष्ट्रिय पार्टी बन्न सफल भइसकेको छ ।…