माओवादी घटकलाई डराउने प्रचण्डविरुद्धको रिटमा के माग गरिएको छ ?

काठमाण्डु- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएपछि माओवादी वृत्तमा तरंग छाएको छ । यसअघि सर्वोच्च अदालत प्रशासनले निवेदन दरपीठ गर्ने निर्णयलाई गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले आफ्नै प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै निवेदन दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार मंगलबार…