काठमाण्डु- नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि संसद प्रमुख प्रतिपक्ष बिहिन भएको छ । नेकपा एमालेसहित अन्य साना सात दलको समर्थनमा प्रचण्ड पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको १५ दिनमा प्रचण्डले संसदबाट विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डलाई २६८ सांसदले विश्वासको मत दिएका छन् ।…