लमजुङमा देव गुरुङ र पृथ्वीसुब्बालाई स्वतन्त्रका धर्म केसीको चुनौती

काठमाण्डु - लमजुङमा नेकपा एमाले र माओवादी केन्द्रका ‘हेबीवेट’नेताको भिडन्तमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुनौती बनेर उभिएका छन् । पुराना पार्टीका केही परम्परागत मतदातालाई आफूतिर आकर्षण गर्दै ‘घण्टी’चुनाव चिन्हका स्वतन्त्र पार्टीका उम्मेदवार धर्म केसी ठूला पार्टीका उम्मेदारप्रति चुनौती बनेका हुन् । गत स्थानीय तहको मतपरिणाम हेर्दा जिल्लामा सत्ता गठबन्धन र एमालेको मत बराबरीको हाराहारीमा छ…