काठमाण्डु – नेकपा एकीकृत समाजवादीले बजेट पारित भएलगत्तै सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । स्थायी कमिटी बैठकले सचिवालय बैठकले गरेको निर्णय अनुमोदन गर्दै बजेट पारित भए लगत्तै पुरानालाई फिर्ता बोलाएर नयाँ मन्त्रीलाई सरकारमा पठाउने भएको हो । बुधबार बसेको बैठकले मन्त्री हेरफेरको निर्णयलाई अनुमोदन गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए…