काठमाण्डु - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय र प्रदेश सभाको चुनाव आगामी मंसिरसम्ममा हुने बताएका छन् । सोमबार बर्दियामा पत्रकारसँग कुरा गर्दै प्रचण्डले संघीय चुनाव मंसिरमा हुने बताएका हुन् । गठवन्धनभित्र मंसिरसम्ममा चुनाव हुने समझदारी भएको उल्लेख गर्दै उनले दुई चरणमा गर्ने की एक चरणमा भन्ने चाहिँ टुंगिन बाँकी रहेको बताए…