काठमाण्डु – नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले काठमाण्डु क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका पूर्वडीआईजी खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट लड्ने घोषणा गरेका हुन् । उनले भने, ‘म काठमाण्डु क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिदैँछु । तपाईहरुको साथ, सहयोग र माया सधै रहनेछ…