काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बस्ने संसद बैठक एमसीसी टेबुल गर्ने तयारी गरेका छन् । अमेरिकाले एमसीसी संसदबाट अनुमोदन गर्न दिएको डेडलाइन अनुसार प्रधानमन्त्री देउवाले भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेका हुन् । अमेरिकाले फागुन १६ गतेभित्र परियोजना पास नगरिए नेपाल अमेरिकाबीचको लामो कुटनीतिक सम्बन्ध बिग्रीने समेत चेतावनी दिइसकेको छ ।…