काठमाण्डु - ललितपुर क्षेत्र नम्बर–३ मा एक हजार मतगणना सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म एमालेले अग्रता कायम राखेको छ । एमालेका उम्मेदवार अमृत खड्काले ४९७ मत पाएका छन् भने उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले २८६ मतसहित पछ्याइरहेकी छन् । माओवादी केन्द्रकी पम्फा भुसालले १०९ मत पाएकी छन् ।