काठमाण्डु – सुशीला कार्कीलाई हटाएर सर्वमान्य नागरिक सरकार बनाउनुपर्ने जनप्रजातान्त्रिक पार्टी नेपालले माग गरेको छ । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले जेनजीका मागहरू सम्बोधन गर्नुको सट्टा उल्टै उनीहरूलाई नै धरपकडले जनता सशंकित भएको समेत पार्टीले जनाएको छ । पार्टी अध्यक्ष निरबहादुर श्रेष्ठले वर्तमान सरकारले जेनजीहरू माथिको धरपकड तथा दमनले आफूहरूलाई आक्रोशित…