प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगले के गर्दैछ तयारी ?

काठमाण्डु – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार दिउँसोसम्म ६८ वटा दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म ६८ वटा दलले आगामी प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराएको बताए । दर्ता कायम भएका दलको संख्या १३२ रहेको उनले जानकारी दिए । निर्वाचनमा सबैको सहभागिता…