काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको छ । पार्टीको तेस्रो स्थापना दिवसको उपलक्ष्यमा शनिबार बसेको केन्द्रीय समिति बैठकले कार्यवाहक महामन्त्री वुर्लाकोटीलाई कार्यवाहकबाट हटाएर महामन्त्री बनाएको छ । यस्तै बैठकले कार्यवाहक प्रवक्ता रहेका मनिष झालाई प्रवक्ता बनाएको छ । रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल बाहिरिएपछि यी दुवै पद कार्यवाहकका रुपमा रहेका थिए ।…