बाबुरामले गोप्य राखेनन् आफ्नो भाेट, देखाए स्वस्तिक छाप लगाएको मतपत्र (तस्वीरसहित)

काठमाण्डु – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेका छन् । उनले गोखराको पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदान गरेपछि भट्टराईले आफ्नो मतपत्रको तस्वीरसमेत सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले आफूले कुन पार्टीलाई मत दिएको छ भन्ने देखिने मतपत्रको तस्वीर फेसबुकमा पोस्ट गरेका हुन् ।…