काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ । मंगलबार गरिएको पिसिआर परीक्षणमा अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको हो। उनी केही दिनदेखि अस्वस्थ भएर कोटेश्वरस्थित निवासमै आराम गरिरहेका थिए । समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। साथै नेकपा एसकाका उपमहासचिव डा. विजय…