रसुवा- रसुवामा विभिन्न दलका बागी उम्मेदवारी दिएकाहरू यतिबेला चुनावी प्रचारप्रसारमा लागेका छन् । पार्टीले टिकट नदिएको भन्दै असन्तुष्टि जनाई गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा बागी उम्मेदवारी दिएकाहरू यतिबेला भाेट माग्न सक्रिय भएर लागेका छन् । नेपाली कांग्रेसका विजय तामाङले पार्टीप्रति असन्तुष्टि जनाउँदै उत्तरगया गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराए । उत्तरगया गाउँपालिकाकै उपाध्यक्षमा कांग्रेसकी सिर्जना तामाङले पनि उम्मेदवारी दर्ता गराइन् ।…