मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी चाहन्छुः केशव स्थापित

काठमाण्डु - नेकपा एमालेबाट काठमाण्डु महानगरको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेकाे भए माफी मागेका छन् । काठमाण्डुमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो अभिव्यक्ति र लेखाइबाट कसैलाई चोट पुगेको भए माफी चाहेकाे बताएका हुन् । ‘मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको सुनेँ । कसैलाई मेरो अभिव्यक्ति र लेखाइले चोट…