खुला राजनीतिमा फर्किएको विप्लव समूहको पहिलो केन्द्रीय बैठक बन्दीपुरमा

तनहुँ - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्ध फुकुवा भएर खुला राजनीतिमा फर्किएपछि पहिलो पटक तनहुँको बन्दीपुरमा केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । शुक्रबार विहान ९ बजदेखि नेकपाको केन्द्रीय समितिको ११औं पूर्ण बैठक सुरु भएको हो। पाँच दिनसम्म चल्ने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने केन्द्रीय सदस्य एवम् तनहुँ इन्चार्ज पूर्णजित पुन…