बिना निष्कर्ष सकियो गठबन्धन बैठक, फेरि अपराह्न ४ बजे बस्ने

काठमाण्डु – स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा स्थानीय चुनाव गराउनेबारे छलफल भए पनि निर्वाचन कहिले गर्ने भन्ने टुंगो नलागेको नेताहरुले बताएका छन् । यसबारेमा आजै अपराह्न ४ बजे फेरि बैठक बसेर निर्वाचनको मिति टुंगो लगाउने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।…