सभामुख सापकोटाको दाँतको सर्जरी

काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाको दाँतको माइनर सर्जरी गरिएको छ । आज विहान वीर अस्पतालको डेन्टल विभागमा उनको माइनर ओरल सर्जरी गरिएको हो । सर्जरी गरेर सभामुख सापकोटाको दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको सचिवालयले जनाएको छ । डेन्टल विभागकी प्रमुख डा.शैली प्रधान, डा. किशोर भण्डारी लगायतको चिकित्सकहरुको टोलीले चेकजाँचपश्चात सफलतापूर्वक सर्जरी गरेका हुन्…