सभापति देउवाको विकल्पमा साझा उमेदवार खोज्ने पौडेल पक्षको निर्णय

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको विकल्पमा साझा उमेदवार खोज्ने निर्णय गरेको छ । सोमबार गौशलास्थित अनुपम फुडल्याण्डमा बसेको पौडेलसहित सभापतिमा आकांक्षी नेताहरुको बैठकले पार्टीको १४ औं महाधिवेसनका लागि देउवाको विकल्पमा साझा उमेदवार खोज्ने निर्णय गरेको हो । देउवाले आगामी महाधिवेशनबाट सभापतिमा दोहोरिने रणनीति बनाएपछि वरिष्ठ नेता पौडेलसहितका नेताहरु…