काठमाण्डु – काठमाडौंमा जारी ८औँ महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले शान्ति प्रक्रियापछिका कमीकमजोरी उल्लेख गरेका छन् । ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा प्रचण्डले ‘समाजवादउन्मुख समृद्धि’ पार्टीको मूल कार्यनीति बनाउन प्रस्ताव गरेका छन् । २०–२५ माघ २०६९मा हेटौँडामा भएको सातौँ महाधिवेशनमा पार्टीको नाम एकीकृत नेकपा माओवादी थियो…