काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणमा संसद्मा सँगसँगै उभिन नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आह्वान गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकलाई घेर्ने रणनीति लिँदै माओवादी र राप्रपालाई सँगसँगै लैजाने तयारी गरेको…