काठमाण्डु – नेपाल बार एसोसियसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । आइतबार सर्वोच्च परिसरमा जारी धर्नामा बोल्दै शाक्यले सर्वोच्चबाट शुरु भएको आन्दोलन देशभरीको अदालतमा पुग्ने बताए । उनले भने, ‘हामी भोकभोकै मर्न तयार छौं । तर, न्यायपालिका शुद्धीकरणको आन्दोलनबाट हामी पछि हट्नेछैनौं । सर्वोच्चबाट सुरु भएको…