व्यवसायी श्रेष्ठलाई मन्त्री नियुक्त गरेसंगै पांच दलिय गठबन्धनमा असन्तुष्टि

काठमाण्डु– व्यवसायी उमेश श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेसंगै सत्तारुढ पांच दलीय गठबन्धनमा असन्तुष्टी छाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेसंगै उनको चौतर्फी आलोचना बढेको हो । देउवाले स्वास्थ्यजस्तो महत्वपूर्ण मन्त्रालयमा कांग्रेसका अरु सांसदहरुलाई पन्छाउंदै स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यवसाय गरिरहेका समानुपातिक सांसद श्रेष्ठलाई नियुक्त गरेसंगै उनको आलोचना बढेको हो । सत्तारुढ गठवन्धनमा…