काठमाण्डु – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदका लागि उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आगामी जेठ ६ गतेका लागि गृहमन्त्री रामबहादुर थापाको स्थानमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको हो । कार्यतालिकाअनुसार वैशाख २१ गते मतदाता नामावली प्रकाशन, २२ र २३ गते निवेदन तथा उजुरी उपर छानविन, २३ गते अन्तिम…