प्रदेश १ मा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी केन्द्र

काठमाण्डु – प्रदेश १ मा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले चैत्र २३ गते प्रदेशसभाको बैठक बस्नुअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिएको जानकारी दिए । साथै माओवादीले मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव पनि फिर्ता लिने भएको छ…