जेनजी आन्दोलनको मानवीय क्षति पीडायुक्त घाउ बनेर सधैं रहिरहनेछ : प्रधानमन्त्री कार्की

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेको निर्वाचन तोकिएको समयमै हुने दाबी गरेकी छिन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले सरकार राजनीतिक दल तथा युवाहरूसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा सरकार पुगेको बताइन् । उनले भनिन्,…