काठमाण्डु - समानुपातिक उम्मेदवार छनोटका लागि रास्वपामा ‘प्राइमरी इलेक्सन’ गरेपनि विवादित बनेको छ । रास्वपाले समानुपातिक उम्मेदवारका लागि निर्वाचन आयोगमा पेश गरेको बन्दसूची पार्टीभित्रै समेत विवादित बनेको हो । समानुपातिक उम्मेदवार छान्न गरिएको प्राइमरी इलेक्सनलाई बेकम्मा बनाइएपछि पार्टीकै नेताहरुले असन्तुष्टि पोख्न थालेका छन् ।गत कात्तिकमा चितवनमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले उम्मेदवार छनोट सम्बन्धी पाँच…