माओवादी मुलुकको नेतृत्व गर्ने प्रतिस्पर्धाबाट बाहिरिइसकेको एमालेको निष्कर्ष

काठमाण्डु- नेकपा एमालेले नेकपा माओवादी केन्द्र मुलुकको राजनीतिक नेतृत्व गर्ने प्रतिस्पर्धाबाट बाहिरिइसकेको निष्कर्ष निकालेको छ । गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा माओवादीको जनवादी अधिनायकत्वको एकदलीय सोच उहिल्यै असफल भइसकेको उल्लेख छ । ‘प्रचण्डपथलाई कुनै निर्जन बाटोतिर थन्क्याएका माओवादी साथीहरूका लागि आज माओवादी ट्याग पनि भारती भएको…