काठमाण्डु– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूलाई अगाडि बढ्ने दुस्साहस नगर्न चेतावनी दिएका छन्। सोमबार राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले राजावादीहरूलाई दरबारीया भन्दै इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस भइरहेको बताएका हुन् । उनले भने 'यो व्यवस्थामा केही पनि भएन भन्नु गलत हो। हामीले केके गरियो भन्ने बुझाउन सकिएन,' उनले…