विद्या–ओली विवाद : निशानामा मदन भण्डारी फाउन्डेसन

काठमाण्डु – नेकपा एमालेको राजनीतिमा संस्थापन पक्षबाट बहिष्कृत भएको पक्षले मदन भण्डारी फाउन्डेसनलाई आधार बनाएर गतिविधि गर्ने गरेको इतिहास छ । कुनै बेला एमालेभित्र संस्थापन पक्षसँग अन्तर्संघर्ष चर्किंदा वर्तमान अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनकै सहारा लिनुपरेको थियो । फाउन्डेसनले वैचारिक बहस, विभिन्न दिवस र प्रतियोगिता आयोजना गरेर राजनीतिक गतिविधिमा नेताहरूलाई स्थान दिने गर्छ…