काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूको प्रदर्शनलाई काउन्टर दिने तयारी भइरहेको बताएका छन् । सोमबार सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै उनले राजावादीको प्रदर्शनबाट आफू विचलित नभएको स्पष्ट पारे । उनले भने, ‘यो प्रदर्शनले केही हल्लाएको छैन । केही भएको छैन । केको डराउनु…