काठमाण्डु- झापा–३ र धनुषा–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता लिएका छन् । झापा-३ मा रास्वपाका प्रकाश पाठकले प्रारम्भिक अग्रता लिएका छन् । ६ हजार ४३७ मतगणना हुँदा रास्वपाका पाठकले २२८१ मत ल्याउँदै अग्रता लिएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन दोस्रो र श्रम, संस्कृति पार्टीका दिपक तिम्सिना तेस्रो स्थानमा रहेका छन् । लिङ्देनले…